बूढीगण्डकीमा डुबेर एक जनाको मृत्यु
गोरखा | चैत १४, २०८१
सांकेतिक तस्वीर
गोरखा: एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
“आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।”
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

